प्रवासीद्धारा सिद्धार्थ माविलाई साढे तीन लाख बढी सहयोग
आइतवार, माघ १३ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी आईतबार माघ १३ गते । म्याग्दीको मालिका गाउँपालिका –४च्युरीबोटमा रहेको सिद्धार्थ माविमा स्थापित अक्षयकोषलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ ।
शुत्रबार समाजसेवि एवम् चन्दादाता च्युरिबोट निवासी हाल युकेमा कार्यरत बल बहादुर चोचाङ्गी पुन मगरको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा विभिन्न देश तथा स्वदेशमा कार्यरत च्युरिबोटबासीहरुबाट संकलित आर्थिक सहयोग हस्तान्त्रण गरिएको हो । युके तथा स्वदेशमा कार्यरत च्युरिबोटबासिहरुबाट संकलित रु ३ लाख ६० हजार विद्यालयलाई हस्तान्त्रण गएिको हो ।
अक्षयकोषलाई च्युरिबोट निवासी हाल युकेमा कार्यरत सामाजिक अभियान्ता बागबिर चोचाङ्गी पुन मगरले रु १ लाख ५० हजार, युकेमा कार्यरत नरबहादुर चोचाङ्गी पुन मगरले रु २५ हजार ,मोना युकेका संस्थापक अध्यक्ष हाल काठमाण्डौं निवासी दलमान चोचाङ्गी पुन मगरले रु ५० हजार युकेमा कार्यरत तनसरा पुन मगरले रु १ लाख र केडिए फेसन सप प्रालिकी संचालिका ÷प्रबन्ध निर्देशक योगिता पुन मगर पुष्पाले गर्नुभएको रु ३५ हजार गरि रु ३ लाख ६० हजार आर्थिक सहयोग बिद्यालयलाई हस्तान्त्रण गरिएको हो ।
संकलित आर्थिक सहयोग प्रमुख अतिथि नरबहादुर चोचाङ्गी पुन मगर मार्फत प्रअ ललित बहादु घर्ति मगर , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग बहादुर घर्ति मगर , अक्षयकोषका संस्थापक अध्यक्ष भिजेन्द्रमान चोचाङ्गी पुन मगर र पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तम बहादुर चोचाङ्गी पुन मगरलाई हस्तान्त्रण गरिएको हो ।
विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक गुणस्तर बृद्धिका लागि प्रवासमा कार्यरत च्यरिबोटबासिहरुद्वारा स्थापित अक्षयकोषमा अहिलेसम्म रु १२ लाख ५८ हजार ६ सय १७ संकलन भएको विद्यालयका प्रअ ललितबहादुर घर्ति मगरले जानकारी दिनुभयो । विद्यालयलाई आर्थिक सहयोग गर्ने स्वदेश तथा प्रवासमा कार्यरत च्युरिबोटवासीहरुलाई धन्यवाद दिंदै प्रअ घर्ति मगरले अक्षयकोषलाई प्राप्त सहयोग निजी शिक्षकको तलब , अन्य शैक्षिक गुणस्तर बृद्धिका लागि प्राविधिक तथा भौतिक निर्माणका लागि खर्च गरिने बाउनुभयो ।
बिÞ सं २०७४ मा स्थापित आठ जोड दुई माविका लागि शुन्य दरबन्दी रहेकाले विद्यालय संचालनका लागि बार्षिक रुपमा ठुलो आर्थिक भार हुने भएकाले सबैलाई आर्थिक सहयोगको अपिल गर्नुभएको छ भने दरबन्दी मिलानका लागि सरकारवालाहरुले चासो दिनुपर्नेमा जोड दिनुभयो । बिद्यालय संचालनका लागि स्थानियले मासिक रु पाँच सय चन्दा संकलन गरिरहेको र क्याप्टेन लक्ष्मन पुन घर्ति मगरको पहलमा नमस्ते इनफ्यान दि हिमालयको सहयोगमा सन् २०१४ देखि दुई शिक्षकको तलबका लागि बार्षिक रु ४ लाख आर्थिक सहयोग प्राप्त हुँदै आइरहेको जानकारी दिनुभयो ।
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…