भारतको हमलापछि पाकिस्तानका तीन महिलासहित एक बालकको मृत्यु

एजेन्सी, बुधबार फागुन १५ गते ।
पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ । नियन्त्रण रेखाका थुप्रै स्थानमा दुई देशका सुरक्षाबलबीच गोलीबारीको खबर सार्वजनिक भइरहेका छन् ।

भारत र पाकिस्तान दुबैले एक–अर्कामाथि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामाथि संघर्ष विरामको उल्लंघनको आरोप लगाइरहेका छन् ।

मंगलबार बेलुकी कोटली सेक्टरमा भारतीय सुरक्षाबलको गोलीबारीमा चारको मृत्यु भएको खबर छ । मृत्यु हुनेमा तीन महिला र एक बच्चा समावेश भएको बताइन्छ । गोलीबारीमा थुप्रै घाइते पनि भएका छन् ।कोटली जिल्लामा गोलीबारीको असर सबैभन्दा धेरै भएको छ । रातोपाटी

सम्बन्धित समाचार

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक…

thumbnail

भूकम्प पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई तालिवानको अपिल

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम…