स्वर्गीय मातापिताको सम्झनामा विपन्नको उपचारमा सहयोग

बेनी शुक्रबार चैत्र १ गते ।

एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क बहादुर र माता पार्वती बुदुजा पुनको सम्झनामा कोषलाई ५० हजार आर्थिक सहयोग गरेका हुन् ।

शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीको उपस्थितीमा कोषका अध्यक्ष राजेश शाक्यलाई पत्रकार एवम् कोषका उपाध्यक्ष हरिकृष्ण गौतम मार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो । विगतमा पनि पुन दम्पत्तीले सामाजिक कार्यमा सहयोग गदैं आइरहेका थिए ।

‘जन्मदिने मातापिताको नाममा सानोठुलो सहयोग गर्ने गरेको छु,‘कोषका गतिविधिले धेरै उत्साहित छु’ टेलिफोनमा पुनले भने । ब्रिटिस आर्मीबाट अवकाशत प्राप्त भएपछि हाल यूएनको मिसनमा यूगस्लाभियाको यूद्ध अपराधी सम्बन्धि अदालता सेक्यूरिटी र सेप्टी सम्बन्धि शाखामा कार्यरत पुनले मातापिताको सम्झनामा गरिएको सहयोगले शक्ती मिल्ने बताउँछन् ।

म्याग्दीमा कोषले १ करोड ५० लाखको अक्षय कोष स्थापनाको अभियानमा सहयोग पुगेको कोषका अध्यक्ष शाक्यले बताउनुभयो । कोषमार्फत हालसम्म १ सय ११ जना बिरामीको उपचारमा सहयोगगरिएको छ ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार