सातौ अधिवेशनबाट संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल

बेनी आइतबार चैत १० गते। लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच ९संगम० म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला पटेल, कोषाध्यक्षमा खिमा पुर्जा र सहसचिवमा रश्मि रोका रहनुभएको छ ।
सदस्यहरुमा रञ्जना श्रेष्ठ, दिपेन्द्र शर्मा, हिरा शर्मा र चन्द्रा घले चयन हुनुभएको छ । अध्यक्ष पौडेलको अध्यक्षता, ध्रुब सुेवेदीको सञ्चालन र मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार