मोनाद्धारा श्रीबक्स गुल्मलाई विपद व्यवस्थापन सामाग्री सहयोग

रन्जना श्रेष्ठ

बेनी बिहिबार चैत्र १४ गते ।
म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिले श्रीबक्स गुल्म अर्थुङ्गेलाई विपद व्यवस्थापन र उद्धार सामाग्री सहयोग गरेको छ ।

मोनाको आर्थिक सहयोगमा खरिद गरिएको सो सामाग्री बिहिबार बेनीमा एक कार्यक्रमका विच प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,मोना आइईसीका कोषाध्यक्ष राम खड्का ,मोना जापान नागोया क्षेत्रिय अध्यक्ष रुपेश चोचाङ्गी पुन मगर, कोषाध्यक्ष राम बहादुर किसान र मोना आइईसीका संरक्षक सुवास श्रेष्ठले श्रीबक्स गुल्मका सेनानी राजन दाहाललाई हस्तान्तरण गर्नुभएको हो ।

सिट हार्नेस गोटा एक ,क्याराविन लगायत पाँच प्रकारका विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण गरिएको हो । सहयोग सामाग्री हस्तान्तरण गर्नुहुँदै प्रमुख अतिथि मेयर श्रेष्ठले विपद व्यवस्थापन सामाग्रि सहयोगले गुल्मलाई आपतकालिन विपद् व्यवस्थापनको उद्धार कार्यलाई सरल र सहज बनाउने विश्वास व्यत्त गर्नुभयो ।


जिल्लामा आईपर्ने आपतकालिन विपद् व्यवस्थापनलाई सरल र सहज बनाउनका लागि सामाग्री सहयोग गरेको कोषाध्यक्ष खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार