पत्रकार महासंघ म्याग्दीद्धारा प्रजिअ मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र
बुधवार, बैसाख ४ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी बुधबार बैशाख ४ गते । कास्कीबाट प्रकाशित हुने ताण्डव साप्ताहिक र ताण्डव न्यज डटकमका सम्पादक अर्जुन गरिलाई समाचार लेखेकै आधारमा पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले गृहमन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत महासंघले पत्रकारलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिनु राज्यको गम्भिर कमजोरी रहेको भन्दै ज्ञापन पत्र पठाएको हो ।
प्रकाशित समाचार सामग्रीको विषयलाई लिएर उक्त पत्रिका र अनलाइनका सम्पादक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । सञ्चार माध्यमलाई नियमन गर्ने नेपाल सरकारका अधिकार प्राप्त निकायहरु सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता भएको अनलाइन र पत्रिकालाई दर्ता नभएको आरोप लगाउँदै प्रहरीले पत्रकारलाई पक्राउ गरेकोप्रति महासंघ गम्भिर ध्यानकर्षण भएको ज्ञापन पत्रमा जनाईएको छ ।
महासंघका अध्यक्ष तारानाथ शर्माको नेतृत्वमा गएका पत्रकारहरुको टोलिले बुधवार ज्ञापन पत्र प्रजिअ अधिकारीलाई हस्तान्तरण गरेका छन् । समाचारको विषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधानलाई लत्याउँदै पत्रकारमाथि विद्युतीय कारोबार ऐन लगाएर कारवाही अघि बढाउनु राज्यको गम्भिर गल्ती भएको ज्ञापन पत्रमा उल्लेख छ । यो घटनाले पत्रकारले स्वतन्त्रपूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप र प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर छ ।
पत्रकार गिरीलाई तत्काल रिहाई गरी प्रेसको संवैधानिक अधिकारको सम्मान, पत्रकारलाई स्वतन्त्र र निर्भीकतापूर्वक काम गर्ने वातावरण बनाउन जोडदार गरिएको छ । साथै समाचार लेखेकै आधारमा अनावश्यक दुख दिने र पत्रकारिता क्षेत्रलाई सङ्कुचित बनाउने गरी ल्याइएको विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ तत्काल खारेजीको माग समेत गरिएको छ । सो ज्ञापन पत्रलाई तत्कालै गृहमन्त्रालयमा पठाउने प्रजिअ अधिकारीले प्रतिबद्धता जनाउनुभएको छ ।
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…
एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…
मकवानपुर । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफ्ना…