बाबियाचौरमा उद्घोषक तथा भाषणकला तालिम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार देखि उद्घोषक तथा भाषणकला तालिम सुरु भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको हो ।तीन दिनसम्म चल्ने तालिममा मंगला–२,को सिमलचौर, कोत्राबाङ, तोराखेत, रनबाङलगायत स्थानका महिला समूहबाट करिब २० जना महिलाहरुले सहभागिता जनाएका छन् । ग्रामीण भेगका महिलाहरुलाई उद्घोषण र भाषणकलामा सक्रिय बनाउने उद्देश्यले क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको मंगला सामुदायिक सिकाइ केन्द्रले जनाएको छ ।

तालिमको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य एवं जलजला अनलाइन डटकमका सम्पादक तथा सञ्चालक कृष्णबहादुर जिसी र रुप्से दैनिक पत्रिकाका सहसम्पादक समेत रहेका पत्रकार प्रताप बानियाँले सहजीकरण गरिरहनुभएको छ । तालिममा उद्घोषण तथा भाषणकला, कार्यक्रम सञ्चालन गर्ने तौरतरिका, कार्यक्रममा सम्बोधन, स्वागत र शुभकामना मन्तव्य, क्षमता अभिवृद्धि, महिला अधिकारलगायत विविध विषयहरुमा सहजीकरण भैरहेको छ । सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष लक्ष्मी सुवेदीले उद्घाटन गर्नुभएको तालिमको केन्द्रका परिचालिका दुर्गा खत्रीले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार