पक्राउ परेका पत्रकार गिरी रिहा

काठमाडौँ बिहिबार बैशाख ५ गते । विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन् ।

विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका ताण्डव न्यूज अनलाइन र ताण्डप साप्ताहिकका सम्पादक अर्जुन गिरी काठमाडौं जिल्ला अदालतको आदेशमा बिहीबार रिहा भएका छन्। उनी बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा सोमबार पक्राउ परेका थिए।

उनलाई साइबर अपराध मुद्दामा कारबाहीका लागि भन्दै उजुरी दिइएपछी केन्द्रीय अनुसन्धान ब्युराको आग्रहमा कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो। गिरीले गत शुक्रबार आफ्नो अखबारको अनलाइनमा जिल्ला प्रहरी कार्यालयमा बतास विरुद्ध जाहेरी दिन पुगेका पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै समाचार लेखेका थिए। जाहेरीमा श्रेष्ठले आफ्नो १ करोड ९८ लाख र पहारीले २ करोड २५ लाख बतासले ठगी गरेको दाबी गरेका छन्। कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार