पश्चिम म्याग्दी मगर समाजको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

पोखरा ,शनिबार बैशाख १४ गते ।
पश्चिम म्याग्दी मगर समाज पोखराको नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदनप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शिलशिलामा कास्कीको पोखरामा कसोबास गर्ने पश्चिम म्याग्दीली मगरहरुको साझा संस्था पश्चिम म्याग्दी मगर समाजको आयोजनामा शनिबार विविध कार्यक्रम सहित सो कार्यक्रम सम्पन्न भएको हो ।


शनिबार कास्कीको याम्दीमा संचालन भएको कार्यक्रममा लोकदोहोरी प्रतियोगिता र चन्दादाताहरुलाई सम्मान लगायतका विभिन्न कार्यक्रम गरीएको थियो । कार्यक्रममा समाजका अध्यक्ष चित्रबहादुर रोका मगरले समाजको बार्षिक कार्य प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

अध्यक्ष रोका मगरले पोखरामा छरिएर रहेका पश्चिम म्याग्दी मगर समुदायको कला, संस्कृतिको उत्थान,संरक्षण तथा विभिन्न आपतकालिन समयमा सहयोग पु¥याउने उदेश्यले समाजको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा सचिव देव पुन मगर समाजको कार्यक्रम बारे जानकारी दिनुभएको थियो । सचिव पुन मगरले समाजमा एक सय ७०जनाले सदस्यता लिएको जानकारी दिनुभयो । अध्यक्ष रोका मगरको अध्यक्षता,सहसचिव छिमा थापा मगरको संचालनमा कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार