बेनी/बुधबार जेठ १५ गते ।लायन्स क्लब अफ म्याग्दी दोभानको ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई आर्थिक सहयोग भएको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका ईन्द्रबहादुर भण्डारीलाई आर्थिक सहयोग गरिएको हो ।
लायन्स क्लब अफ म्याग्दी दोभानले सोमबार एक कार्यक्रमको आयोजना गरेर पढाऔं अभियान अक्षयकोषबाट आर्थिक रुपमा विपन्न तथा अभिभावकविहिन बालक भण्डारीलाई नगद नौहजार रुपैयाँ सहयो गरेको जनाएको छ । भण्डारीले बालगृह बसेर बेनीको कालीपुलस्थित रहेको बालमन्दिर आधारभूत विद्यालयको कक्षा २ मा अध्ययन गर्दै आइरहेका छन् ।
सोही अवसरमा लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठले आफ्ना स्वर्गीय पिता नैनकुमार श्रेष्ठको सम्झनामा बालगृहमा रहेका १३ जना बालबालिकालाई शैक्षिक सामग्री र फलफुल वितरण गरेकी छिन् । उक्त सहयोग रकम र शैक्षिक सामग्री तथा फलफुल बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र लायन्स क्लबका पदाधिकारीले सहयोग तथा वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेनपाका उपप्रमुख बरुवालले पढाऔं अभियान अत्यन्त सराह्रनीय काम भएकाले शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताइन् । कार्यक्रममा लायन्स क्लबका रिजनचियरपर्सन दिपेन्द्र श्रेष्ठ, बाल सङ्गठनका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ र लायन्स क्लब म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले मन्तव्य राखेका थिए ।
लायन्स क्लबका अध्यक्ष श्रेष्ठले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव नविना थापा रावलले गरेकी थिइन् ।
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…
पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा…
लमजुङ । ६२ वर्षीया पुतली परियार र बुबा ७५ वर्षीय सुकबरे परियालाई जेठको पहिलो साता जिल्ला प्रहरी कार्यालयबाट आएको खबरले एकैछिन पनि मन शान्त हुन दिएन । २७ वर्षअघि जागिर खान भारत पसेको…
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले न्यायालयमा विकृति र विसंगतिको सुरुवात न्यायाधीश नियुक्तिबाट भइरहेको दाबी गर्नुभएको छ। आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका…