प्रताप बानियाँ /म्याग्दी, शनिबार जेठ २५गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको मराङ बेंसीस्थित रहेको ठूलोखोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन भएको छ । ठूलोखोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा बिहीबार एक समारोहबीच पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षण गरिएको हो ।
धवलागिरी गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट टिबिएसयु पोखराको आर्थिक सहयोग तथा मिलन म्याग्दीको प्राविधिक–सामाजिक सहयोगमा पुल निर्माण गरिएको छ । ३० लाख ५२ हजार दुईसय ३१ रुपैयाँ स्टिमेट लागत रहेको झोलुङ्गे पुल निर्माणमा गाउँपालिकाले २० लाख ५४ हजार पाँचसय ८८ र केन्द्रीय अनुदान स्वापमार्फत सातलाख ३० हजार नौसय ३० रुपैयाँ तथा स्थानीय जनश्रमदान ६१ हजार ४४ रुपैयाँ रहेको थियो ।
मराङ बेंसीको ठूलोखोलामाथि निर्माण गरिएको पुलको लम्बाई ५६ मिटर रहेको छ भने चौडाई १ मिटर ६ सेन्टीमिटर छ । यस्तै खोला बौलाउने ठाउँदेखि उचाई ७ दशमलव ८८ मिटर रहेको पुलको भारवहन क्षमता भने २२ दशमलव ४ टन रहेको क्षेत्रीय प्राविधिक सहयोग प्रदायक (आरटिएपि) पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारीले जानकारी दिए । उनका अनुसार गत फागुन २६ गतेबाट निर्माण सुरु गरिएको झोलुङ्ग पुलको यही जेठको १४ गते निर्माणसम्पन्न गरिएको थियो । पुल निर्माणका क्रममा कुल २ हजार २६ दिन रोजगारी सिर्जना भएको छ ।
नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गाउँपालिकामार्फत एक गाउँबाट अर्को गाउँ जोड्न झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको बताइन् । उनले गतवर्ष खोलामा आएको बाढीपहिरोका कारण पुल बगाएको हुँदा गाउँपालिका र विभिन्न सरोकारवाला निकायको सहयोग तथा स्थानीयको सक्रियतामा छोटो समयमै झोलुङ्गे पुल निर्माणसम्पन्न भएको बताएकी छिन् । धवलागिरी–६, मराङका वडा अध्यक्ष राधाराम उपाध्यायले ठूलो मेहेनतका साथ पुल निर्माण गरिएको हुँदा यसमा स्थानीयले पनि साथ दिएको बताए ।
कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुन र आरटिएपि पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारीले नवनिर्मित झोलुङ्गे पुलको नियमित रुपमा मर्मतसम्भार गर्न स्थानीयवासीलाई सुझाव दिएका छन् । कार्यक्रमको अवसरमा पुल निर्माणमा जग्गा उपलब्ध गराउने जग्गादाताहरु विरबहादुर गर्बुजा, जितबहादुर गर्बुजा, श्रीप्रसाद गर्बुजा, नरमाया गर्बुजा, गौप्रसाद गर्बुजा र पुल बनाउने मुख्य डकर्मीलाई अबिर लगाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम ठूलोखोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर पुनको अध्यक्षता, सचिव प्रेमलाल उपाध्यायको स्वागत र प्रगति युवा क्लबका सदस्य सुमन जुग्जालीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सचिव उपाध्यायले सार्वजनिक लेखापरीक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मराङको ठूलोखोलामा पक्की झोलुङ्गे पुल निर्माणपछि धवलागिरी–६, मराङ, ५ मल्कबाङ र रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलेका स्थानीयवासिन्दालाई आवतजावत गर्न सहज भएको छ । गत भदौ २५ गते राती वर्षाका कारण ठूलोखोलामा खसेको पहिरो र बाढीले यसअघि काठेपुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएको थियो ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
काठमाडौँ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट…
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गर्नुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले…
काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराई प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र…
कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना…