बेनीमा युवाहरुले गरे संसदीय अभ्यास (भिडियो)

बेनी,आइतबार जेठ १९ गते । बेनीमा नगर स्तरीय युवा सञ्जाल गठन तथा युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व क्षमता विकास तथा संसदिय अभ्यासका बारेमा जानकारी गराउन नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

तीन दिन सम्म संचालन भएको कार्यक्रममा युवाहरुलाई विभिन्न पदको बाँडफाँड गरि संसदीय अभ्यास गराइएको थियो । सभामुख, प्रधानमन्त्री,उपप्रधानमन्त्री तथा विभागीय मन्त्रीहरु,युवा सांसद प्रतिपक्ष दलको सांसदको रुपमा जिम्मेवारी दिइएको थियो ।

कार्यक्रममा वडाबाट प्रतिनिधित्व जनाएका उनिहरुले सांसदको रुपमा नगरपालिकाको कामकारबाही र समस्याका बारेमा ब्यङग्य तथा प्रश्न उठाएका थिए ।

उनिहरुले सांसद प्रतिनिधिका रुपमा भौतिक पुर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती,फाहोर व्यवस्थापन र बषपार्क व्यवस्थापनका बारेमा प्रश्न गरेका थिए । सम्बन्धीत विभागिय मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले संसदीय अभ्यास सांसद बन्नका लागि मात्र नभई युवाहरुको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि गर्नका लागि पनि आवश्यक भएको बताउनुभयो ।

यसैगरी कार्यक्रममा उपमेयर सन्जुु बरुवाल,नेपाली कांग्रेस उपसभापति माधवप्रसाद रेग्मी,जामुनाखर्क माविका प्रअ सोमनाथ ढुङ्गना, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले युवाहरुले प्रतिपक्ष वा दुई तिहाईको पछि नलागी सकरात्मक कुराहरुलाई समर्थन गर्नुपर्ने बातउनुभयो । साथै युवाहरु राजनितीक पछि नलागि आफ्नो जिम्मेवारीको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघिय युवा संसद सदस्य दर्पण रोका मगरले युवाहरुलाई संसदिय अध्यासको बारेमा जानकारी दिन ,उनिहरुको नेतृत्व तथा क्षमता विकासमा कार्यक्रमले टेवा पु¥याउने विश्वास व्यक्त गुर्नभयो । कार्यक्रम शिक्षा अधिकृत विश्वप्रकास रेग्मीले गनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार