नेपाल चेम्वर अफ कमर्स म्याग्दीको अध्यक्षमा रकाल

बेनी,शुक्रबार साउन १० गते । नेपाल चेम्वर अफ कमर्स म्याग्दीको संस्थापक अध्यक्षमा युवा व्यवसायी भरत रकाल शाही चयन हुनुभएको छ । केही समय अघि युवा व्यवसायी रकाल शाहीको अध्यक्षतामा तदर्थ समितिको रुपम गठन भएको म्याग्दी चेम्वर अफ कमर्सलाई शुक्रबार नेपाल चेम्वर अफ कमर्सले आधिकारीक रुपमा मान्यता दिएको हो ।

विक्रम संवत २००७ सालमा स्थापना भएको चेम्वर अफ कमर्सले नेपालमा संचालित उद्योग तथा व्यवसायीहरुको हकहित तथा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण गर्दै आएको छ । रकाल इन्टरप्राजेस प्रालिका संचालक समेत रहेका युवा व्यवसायी अध्यक्ष रकाल शाहीले नेपाल चेम्वर अफ कमर्सको निति तथा कार्यक्रम अनुसार उद्योगी व्यवसायीहरुको हक हितमा काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार