नगरपालिकाद्धारा दमकल मार्फत बजारवासीलाई खानेपानी वितरण

म्याग्दी ,बुधबार साउन १५ गते । बेनी –जोमसोम –कोरला सडक आयोजनाको चमेरे बैसरी सडक खण्ड निर्माणको क्रममा ठेकेदारको लापरबाहीले खानेपानीको पाइप फुटेपछि बेनी बजारमा पानीको हाहाकार भएको थियो । बेनी बजारमा खानेपानी समस्यालाई हटाउन बेनी नगरपालिकाले बुधबार पालिकाको दमकल मार्फत खानेपानी वितरण गरेको छ ।

खानेपानीको हाहाकार मच्चएपछि बजारबासी र वडाका जनप्रतिनिधीको आग्रहमा नगरपालिका मेयर हरिकुमार श्रेष्ठको निर्देशनमा दमकल मार्फत खानेपनी वितरणको व्यवस्था मिलाइएको वडा नं ८ का सदस्य हिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार फनफने. खानेपानी मुहान खनिया घाटबाट पानी ल्याएर बुधबार बेनी बजारको कालिपुुल ,पिपलचोक र शिक्षा मार्गमा वितरण गरिएको छ । ‘बजार बासी र हामी वडाका जनप्रतिनिधिको आग्रहमा नगरपालिका मेयर श्रेष्ठको निर्देशनमा बजार बासीलाई दमकल मार्फत खानेपानी व्यवस्था मिलाइएको हो,सदस्य भण्डारीले भन्नुभयो ।

खानेपानी आयोजना मर्मत नहुँदा सम्म बजार बासीलाई विकल्पको रुपमा दमकल मार्फत खानेपानीको व्यवस्था मिलाइने मेयर श्रेष्ठले भन्नुभएको छ ।’ यता बेनी खानेपानी उपभोत्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले सडक निर्माणको क्रममा डोजरले पाइपलाइन फुटाउँदा दैनिकजसो खानेपानी आपुर्ती अवरुद्ध हुने गरेको बताउनुभयो ।

नगरपालिकाद्धारा ट्याङकर मार्फत बजारवासीलाई खानेपानी वितरण

नगरपालिकाद्धारा ट्याङकर मार्फत बजारवासीलाई खानेपानी वितरण

Posted by MyagdiNews.com on Wednesday, July 31, 2019
नगरपालिकाद्धारा ट्याङकर मार्फत बजारवासीलाई खानेपानी वितरण

नगरपालिकाद्धारा ट्याङकर मार्फत बजारवासीलाई खानेपानी वितरण

Posted by MyagdiNews.com on Wednesday, July 31, 2019

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार