छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग

म्याग्दी,बुधबार साउन २२ गते । जन्मदिनमा हुने फज्ल खर्चलाई कटाएर यहाँका एक व्यक्तीले आफ्नो छोरीको जन्मदिनमा बृद्धाश्रामलाई आर्थिक सहयोग गर्नुभएको छ ।


बेनी नगरपालिका ७ मा रहेको सुविन भाँडा पसलका संचालक एवम् युवा व्यवसायी विपिन श्रेष्ठले छोरी आहाना श्रेष्ठको पहिलो बर्ष पार गरेको अवसरमा धार्मिक स्थल गलेश्वरमा रहेको बृद्धाश्रामको गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई २१ हजार रुपैयाँ सहयोग गरी मनाउनुभएको हो ।


मंगलबार छोरीको जन्मदिन मनाउन गलेश्वर पुग्नुभएका श्रेष्ठले जन्मदिनमा हुने अनावश्यक भोजभतेरमा हुने फजुल खर्चलाई कटाएर बृद्धाश्रामलाई आर्थिक सहयोग गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार