मोना बेल्जियमद्धारा शान्ति कोषलाई आर्थिक सहयोग (भिडियो सहित )

बेनी ,मंगलबार भदौ ३ गते ।
म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ ।

मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । बेल्जियमा कार्यरत नेपालीहरुबाट संकलित सो सहयोग मोना बेल्जियमका महासचिव एवं कोषका संरक्षक प्रदिप थापा (सुमन)ले कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

महासचिव थापाले मंगलबार नै कोषलाई दुई लाख रुपैयाँ सहयोग गरी संरक्षकको सदस्यता लिएको कोषका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।

मोना बेल्जियमद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

मोना बेल्जियमद्धारा शान्ति कोषलाई आर्थिक सहयोग !

Posted by MyagdiNews.com on Tuesday, August 20, 2019


महासचिव एवं संरक्षक थापाले आर्थिक अभावकै कारण गरिव तथा विपन्न परिवारका विरामीले अकालमै ज्यान गुमाउन नपरोस र उपचारबाट बञ्चित हुन नपरोस् भनि सहयोग गरिएको बताउनुभयो ।

आर्थिक सहयोग प्रति धन्यवाद तथा आभार प्रकट गर्नुहुँदै कोषका अध्यक्ष शाक्यले प्रदेशबाट आफ्नो गास कटाएर जिल्लाका गरिब विपन्न परिवारको स्वास्थ्य उपचारमा ठुलो सहयोग गर्नु मानविय ठुलो गुन भएको बताउनुभयो । उहाँले सहयोगीहरुबाट प्राप्त सहयोगलाई सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी सोही कार्यक्रममा दुई मृगौला रोगी बेनी नगरपालिका –५ भिरमुनीका डेकनाथ शर्मा र बेनी नगरपालिका– ५ पुलाचौरकी निसा सुवेदीको उपचारका लागि कोषले गरिव विपन्न विरामी अक्षयकोषको ब्याजबाट २५ हजारको दरले ५० हजार रुपैयाँ सहयोग गरेको छ । सो सहयोग विरामीका आफन्तलाई हस्तान्तरण गरिएको थियो ।

कोषले हालसम्म विभिन्न किसिमका जटिल रोगका विरामीहरुको उपचारका लागि २ करोड १८ लाख ५९ हजार रुपैयाँ बढी संकलन गरी सहयोग गरेको कोषका कोषाध्याक्ष खम थापा मगरले जाकनारी दिनुभयो । उहाँका अनुसार डेढ करोड रुपैयाँको गरिव विपन्न विरामी उपचार अक्षकोष स्थापनाका लागि अहिले सम्म ८१ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार