चिनको आफ्ना नागरिकलाई सुझाव : ‘कुरा नबुझी बिहे नगर्नू’
शुक्रवार, भदौ २७ गते
। म्याग्दी न्युज संवाददाता
बेइजिङ ,शुक्रबार भदौ २७ गते । चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ । विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो । पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् ।
काठमाडौंस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी–च्याट’ मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनियाँ लिपिमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङस्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
चिनियाँहरूले अरूको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डेट’ का आधारमा बिदाको समय नेपालमा गएर विवाह गर्नुअघि नेपालको विवाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ ।
चीनले राम्ररी कुरा नबुझी वैवाहिक सम्बन्धको प्रक्रियामा नजान भनेको छ । स्थानीय विवाहकर्ता संस्थालाई शुल्क बुझाउनु र दुलहीको परिवारलाई पैसा तिर्नुअघि नेपाली जीवन साथीबारे राम्ररी बुझ्न, भावनात्मक दबाबमा नआउन र दुलहीसँग राम्ररी संवाद गर्न नसक्ने अवस्थामा विवाह गरेर चीन फर्कंदा शंकास्पद मानव तस्करीको प्रमाणका रूपमा लिन सकिने औंल्याइएको छ ।
सुझावमा भनिएको छ, ‘नेपालमा सम्बन्धित न्यायिक प्रक्रिया लामो हुने भएकाले शंकास्पद व्यक्ति प्रहरीद्वारा पक्राउ पर्ने सम्भावना हुन्छ । अन्ततः निर्दोष साबित भए पनि समय लाग्ने, सामान्य अवस्थाको हिरासतमा रहनुपर्ने, महँगो वकिल शुल्क बेहोर्नुपर्ने भएकाले यसमा संलग्नहरूको आर्थिक, मानसिक तथा शारीरिक नोक्सानी हुन सक्ने भएकाले यसबारे ध्यान दिनुपर्नेछ ।’
यदि नेपालीसँग वैवाहिक सम्बन्ध स्थापित गराउने कुनै अवैध म्यारिज ब्युरो चीनमा फेला परेमा पनि विश्वास नगर्न भनिएको छ ।
चिनियाँ कानुनअनुसार कुनै पनि चिनियाँ संस्थालाई वैदेशिक विवाह एजेन्सी व्यवसाय गर्ने अनुमति छैन । व्यक्तिगत रूपमा कसैले पनि धोखाधडी वा आर्थिक नाफाका लागि विवाह गर्न पाउँदैन । ‘यदि चीनभित्र नेपालमा विवाह गराउने कुनै एजेन्सी भेटेमा ती संस्था अवैध हुन् भन्नेतर्फ सतर्क रहनू’ एडभाइजरीको दसौं बुँदामा उल्लेख छ ।
चीनमा शुक्रबार मध्यशरद पर्वसँगै राष्ट्रिय दिवसको लामो बिदा नजिकिँदै छ । बिदाको अवधिमा चिनियाँहरू विभिन्न देशमा पर्यटन गर्ने हुँदा ती देशको पर्यटकीय आयआर्जनमा पनि उल्लेख्य वृद्धि हुने गरेको तथ्यांकले देखाएको छ । चिनियाँ लिपिमा एडभाइजरी जारी भएकाले नेपालसम्बन्धी जानकारी लिन र नेपाल यात्राका लागि निर्णय गर्न चिनियाँ पर्यटकलाई सहायकसिद्ध हुन्छ ।
विच्याट पब्लिक एकाउन्टबाट जारी सूचनामा नेपालको सडक यातायात पूर्वाधार निकै कमजोर रहेको सुझाइएको छ । पर्यटनका क्रममा हुन सक्ने जोखिम कम गर्न साहसिक पर्यटन तथा यातायात बिमा अनिवार्य गर्न सुझाव दिँदै चीनले तिब्बतको केरुङलगायत स्थलमार्ग हुँदै काठमाडौं पुग्ने यात्रुका लागि सीमावर्ती बाटोघाटोको अवस्थाप्रति सचेत गराएको छ ।
‘वर्षा ऋतु सकिनै लाग्दा भत्किएका सडकहरू बनिनसकेका पनि हुन सक्छन्,’ एडभाइजरीमा भनिएको छ । चीन र नेपालको ड्राइभिङ साइड पनि फरक भएकाले कुनै चिनियाँले नेपालमा गाडी हाँक्न पनि निषेध गरिएको छ । त्यस्तै अवैध नोट, धातु तथा जन्तुजन्य उत्पादन यताउता नगर्न पनि सूचित गरिएको छ । कान्तिपुर
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…
एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…
म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…