बेनी–जोमसोम सडक अवरुद्ध

बेनी,आइतबार भदौ
बेनी–जोमसोम सडक खण्डमा पहिरो जाँदा सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो ।

पहिरोले सडकको करिब १३ मिटर सडकको आधार नै भत्काएकाले डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो ।

आज विहान भत्किएको सडक सोमबार सम्ममा सुचारु गराउने गरि मर्मतको काम अघि बढाईएको उहाँले बताउनुभयो । सडक अबरुद्ध बनेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा आवत जावत गर्ने सवारी साधन बिच बाटैमा रोकिएका छन् । मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटकहरु, तिर्थयात्री र सर्वसाधारणले सास्ती भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार