गलकोट नगरपालिका वडा नं ७ मल्मको वडा भेला सम्पन्न

थम्मन थापा
बागलुङ,शनिबार भदौ २८ गते ।

गलकोट नगरपालिका वडा नं ७ का आयोजनामा आज मल्ममा वडा भेला आज सम्पन्न भएको छ । भेलाले आर्थिक वर्ष २०७६र०७७ मा वडा नं ७ का योजनाहरुको अनुमोदन गरेको छ । त्यस्तै सम्पुर्ण योजनाहरुको आगामी असोज ५ गते भित्र टोल टोलमा उपभोक्ता समिति गठन गरि योजनाको कार्यन्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै देश संघिय संरचनामा आईसके पछि साविकको मल्म गाविस अहिले २ वडामा विभाजन भएको र हाल आॅगाखेतमा रहेको वडा कार्यालय वडाबासी जनताको अनुकुल र पायक नभएको भन्दै जनताको सेवा सुविधालाई मध्यनजर गर्दै तत्कालको लागि साहनीडॉडा, सप्ताहघाट र सानोखोला क्षेत्रमा अस्थायी वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

हालको वडा कार्यालयमा अर्को विकल्प सहित सरकारी कार्यालय स्थापना गरेपछि सप्ताहघाट क्षेत्रमा वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । भेलाले स्थायी वडा कार्यालय र मल्म स्वास्थ्य चौकी निर्माण गर्नको लागि वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको संयोजकत्वमा १९ सदस्यीय जग्गा व्यवस्थापन समिति चयन गरेको छ ।

समितिको सदस्यमा लक्ष्मी सार्की, ललित मरासिनी, दल बहादुर थापा, हरिदत्त गौतम, टिका साहानी, राम बहादुर विश्वकर्मा, रुद्र केसी, छुम बहादुर थापा, थम्मन थापा, राम बहादुर थापा, चिरञ्जिवी मरासिनी, बसन्त क्षेत्री, ज्ञान बहादुर थापा, राज कुमार दर्जी, रत्न बहादुर मल्ल, सरोज थापा, भुमिराज थापा, दुर्गा बस्नेत रहनुभएको छ । सो अवसरमा लोक बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यमा मिना दर्जी, डिल बहादुर परियार, ह। टिका बहादुर थापा, र नारायण केसी रहनुभएको छ ।

भेलामा वडा सदस्य लोक बहादुर थापाले आफनो मासिक पारिश्रमिक बापतको रकमबाट प्रगति आधारभुत विद्यालयलाई १ शिक्षक व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ । भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा कमिटी अध्यक्ष ललित मरासिनी, नेपाली कॉग्रेसका वडा समिति सहसचिव रत्न बहादुर मल्ल, राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापा र नेपाल रेडक्रस सोसाईटी मल्मका सभापति डोल बहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भेलामा गलकोट नगरपालिका वडा नं ७ स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, वडाबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । वडा भेला गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाकक अध्यक्षता, वडा सदस्य लोक बहादुर थापाको स्वागत र पत्रकार थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार