इथियोपियाका प्रधानमन्त्री अहमदलाई यस बर्षको नोबेल शान्ति पुरस्कार
शुक्रवार, असोज २४ गते
। म्याग्दी न्युज संवाददाता
काठमाण्डौ ,शुक्रबार असोज २४गते । यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रदान गरिएको छ । छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको नर्वेको नोबेल कमिटीले बताएको छ ।
इरिट्रिया स्वतन्त्र भैसकेको केही वर्षपछि सन् १९९८ मा दुई देशबीच युद्ध नै भएको थियो । पूर्वी अफ्रिकाका छिमेकी राष्ट्रबीच दुई दशक लामो सीमा विवाद रहँदै आएको थियो । दुई देशबीचको विवाद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका कारण उनी पुरस्कारको हकदार भएको नोबेल कमिटीले जनाएको छ ।
सत्ता सम्हालेपछि अहमदले राजनीतिमा महिलाहरुको भूमिका बढाउने पहल पनि गरेका थिए । उनले आफ्नो सरकारमा २० मन्त्री पदमध्ये आधा सिटमा महिलाहरुलाई नियुक्त गरेका थिए, जसमा देशको पहिलो महिला रक्षा मन्त्री पनि थिइन् ।
अप्रिल २०१८ मा अबी अहमद प्रधानमन्त्री बनेपछि उनले इरिट्रियासँग शान्ति वार्ता फेरि सुरु गर्ने चाहेको बताएका थिए । जुलाई २०१८ मा यी दुई देशबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।
सन् २००२ मा अन्तर्राष्ट्रिय सीमा आयोगको मध्यस्थताको फैसला स्वीकार गर्नु नै उनको सफलताको एउटा महत्वपूर्ण आधार थियो । उज्यालो
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…
काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…