कर्मचारी समायोजनले दुर्गम रित्तै

काठमाडौं,विहिबार मंसिर १२ गते । नेपाल सरकारले संघीय संरचनाअनुरूप ९९ हजार ५ सय ७२ कर्मचारीको समायोजन गरेको छ । तर, मुलुकको दुर्गम क्षेत्रमा अझै पनि कर्मचारी पुगेका छैनन् । विगत १५ महिनाभित्र सरकारले संघीय संरचनाअनुरूप गरेको विकास कार्यमध्ये कर्मचारी समायोजन पनि एक हो ।यस समायोजनले निजामती कर्मचारी प्रशासन चुस्त हुने र जनताले सरकारका निकायहरूबाट सजिलै सेवा–सुविधा प्राप्त गर्ने अपेक्षा गरेका थिए, तर व्यवहारमा त्यसो भएन ।

?

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता जीवलाल भुसालका अनुसार संघमा ४८ हजार ६ सय ६, प्रदेशमा २२ हजार २ सय ९७, स्थानीयमा ६६ हजार ७ सय १९ गरी जम्मा १ लाख ३७ हजार ६ सय २२ कर्मचारी रहेका छन् । समिति एवं प्रतिष्ठानमा ३ सय १७ र फाजिल ९दरबन्दी नमिलेकोमा मिल्दो पद समूहमा राख्दै जाने० २ हजार ४ सय छन्।स्थानीय तहका ११ हजार ७ सय ८१ समेत समायोजनमा परेका छन् ।

तीन तहमा समायोजन भएको जम्मा संख्या संघमा ३९ हजार ५ सय ३१, प्रदेशमा १३ हजार ६ सय ९० र स्थानीयमा ३१ हजार ७ सय ८ रहेको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार यसमध्ये स्थायी कर्मचारीको संख्या तीनै तहका गरी १ लाख ३१ हजार पुग्छ ।

विकास आयोजनाहरूमा वार्षिक कार्यक्रममा रहेर प्राविधिक कर्मचारीहरू एक वर्षका लागि करारमा नियुक्ति गर्न सकिने व्यवस्था छ। करार निर्दे्शिका–२०७४ बमोजिम यसका अतिरिक्त कार्यालय सहयोगी, सवारी चालक, आया तथा मालीहरू पनि करारमा भर्ना गर्न सकिने व्यवस्था छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा डा। भगवान खड्काले यो समाचार लेखेका छन् । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार