उपनिर्वाचन :बागलुङमा कांग्रेसका शेचरनको अग्रता

बागलुङ,आइतबार मंसिर १५ गते । बागलुङ क्षेत्र नं २ (ख)प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको प्रारम्भीक नतिजा सार्वजनिक भएको छ । प्रदेशसभा ९ख० मा पर्ने ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवैको केन्द्रको मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनले अग्रता लिएका छन् । शेरचनले ५२५ मत प्राप्त गरेका छन् ।

संयुक्त बाम गठबन्धनका उम्मेदवार खिम बिक्रम शाहीले ३८६ मत ल्याएका छन् । समाजवादी पार्टी ओशक बिकले ७०, स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ६ मत र राप्रपा संयुक्तका निमबहादुर भण्डारीले २ मत पाएका छन् । उक्त वडाका १० मत बदर भएको कार्यालयले जनाएको छ । ७ सय ५६ जना मतदाता रहेको उत्तरगंगा क मा ५ सय ५३ मत खसेको थियो भने ७ सय ७ जना मतदाता रहेको उत्तर गंगा ख मा ४ सय ५५ मत खसेको थियो ।dhorpatannews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार