बडिगाड जीप दुर्घटना : मृतक मध्ये १० जनाको पहिचान,घाइतेलाई हरिकप्टर मार्फत काठमाण्डौं लैजाने तयारी

बागलुङ ्,मंगलबार मंसिर १७ गते ।
बागलुङको बडिगाडमा विहान भएको दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको पहिचान खुलेको छ ।मृत्यु हुनेमा गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ का सवारी चालक रेशम थापा, सोही ठाउँका दोवाटा बस्ने वर्ष ४० का बसुन्धरा कार्की, इश्मा ५ खाढुंगा बस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को भुमा कार्की, बागलुङ बडिगाड ७ बस्ने वर्ष ५५ को नरमाया खत्री, गुल्मी इश्मा ४ वस्ने वर्ष ४० को सिता कार्की, इश्मा ४ बस्ने ६५ को झवी कार्की, ऐ।ऐ। बस्ने वर्ष ४५ कि भुमी कार्की, सोही ठाउँका २५ बर्षीया मिना बस्नेत, सोही ठाउँका ६५वर्षीय धन बहादुर कार्की हुनुहुन्छ ।

अन्य चार जनाको पहिचान खुल्न सकेको छैन । घाइते हुनेहरुमा नवलपरासी वर्दघाट २ वस्ने वर्ष १८ का जीवन कार्की, गुल्मी इश्मा गापा वडा नं। ४ वस्ने ८ वर्षीय हिमाल कार्की, र सोहि स्थानमा बस्ने २४ वर्षीया निमा केसी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । उनिहरुलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनीका ६५ वर्षको धन बहादुर कार्की रहेको प्रहरीले जनाएको छ । गुल्मीको इश्मा दोहोली पैयापाटाबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा कुल पुजाको लागी हिँडेको ग १ ज ५२१९ जिप बडिगाड खोलामा दुर्घटनामा परेको हो ।आदर्श अनलाईन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार