छुट्टी मनाउन घर हिँडेका म्याग्दीका पुनको भारतमा उपचारको क्रममा निधन

बेनी ,बुधबार पौष १६ गते ।
बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एकको उपचारको क्रममा निधन भएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा बेखबर हुनुभएका म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुनको भारतको गोरखपुर स्थित अस्पतालमा निधन भएको पुष्टी उहाँका आफन्त लोकेश पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखपुर रेलवेय स्टेसनमा प्रेसरले ढल्नुभएका पुनलाई भारतिय प्रहरीको सहयोगमा अस्पताल पु¥याइएको थियो ।

भारतको मद्रसामा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आउनुभएका पुन पुष ६ गते कम्पनीबाट बिदा लिएर छुट्टी मनाउन नेपालतर्फ लाग्नुभएको थियो । पुष ९ गते बिहान साढे ६ बजे गोरखपुरबाट सामाजिक सञ्जाल म्यासेन्जरमा परिवारलाई सम्पर्क गर्नुभएका पुनको अवस्था त्यसयता बेखबर बन्ुनभएको थियो । सन्तानका रुपमा पुनका चार बहिनी छोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार