राष्ट्रियसभाको उम्मेदवारमा म्याग्दीकी गौचन

काठमाडौं, आइतबार पौष २० गते ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि आफ्नो उम्मेदवार चयन गरेको छ । शनिबार बसेको काँग्रेस पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । काँग्रेसले टुंगो लगाएको नाममा महिला संघ म्याग्दीकी बिमला गौचन पनी रहनुभएको छ । गण्डकी प्रदेशबाट गौचन सहित स्याङ्जाका सुर्यप्रसाद रेग्मीको नाम पनी गण्डकी प्रदेशबाट परेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश दुईमा दुई पदका लागि समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णय गरेको छ । १८ सिटमध्ये शनिबार बसेको पदाधिकारी बैठकले १६ जनाको उम्मेदवारको नाम टुंगो लगाएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । काँग्रेस केन्द्रीय समितिको बैठकले उम्मेदवारको टुंगो लगाउन पदाधिकारीलाई जिम्मेवारी दिएको थियो ।

निर्वाचन आयोगको तालिका बमोजिम माघ ९ गते राष्ट्रियसभा सदस्यको मतदान हुनेछ । जसका लागि आइतबार मनोनयन दत्र्ताको समय तोकिएको छ । समाजवादी पार्टीले भने आफ्नो उम्मेदवारको टुंगो लगाएको छैन् । सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालसँग तालमेल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार