६ गतेको बैठक मै चलाउँछु : उपसभामुख तुम्बाहाङ्फे

काठमाडौं ,विहिबार माघ २ गते । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले यही माघ ६ गते बस्ने संसदको बैठक चलाउनेबाहेक अरु केही पनि जानकारी नभएको बताएकी छन् ।सत्तारुढ नेकपाको सचिवालय बैठकले उनलाई राजीनामा दिन आग्रह गरेकोमा उनले अस्वीकार गर्दै आएकी छन् ।

बाह्रखरीले आज बिहान उनलाई सभामुखको निर्वाचन प्रक्रिया कसरी अघि बढ्छ भन्ने जिज्ञासा राख्दा उनको भनाइ थियो, ‘‘यसबारेमा मलाई भन्दा पनि दलहरुलाई थाहा होला । मैले जानेको कुरा भनेको संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार मैले ६ गतेको बैठक चलाउनेछु ।’’

तपाईंले राजीनामा दिने सम्भावना छ कि छैन भन्ने बाह्रखरीको जिज्ञासामा उनको भनाइ थियो, ‘‘यो प्रश्न मलाई अब नसोध्नुस् ।’’केही दिनअघि नेकपाका सचिवालय सदस्य झलनाथ खनालले पार्टीले सभामुख निर्वाचित गरेपछि उपसभामुख पद स्वतः निस्क्रय हुने तर्क समेत गरेका थिए ।

उनको भनाइको बारेमा तपाईँको टिप्पणी के छ भन्ने जिज्ञासामा उपसभामुखको प्रतिक्रिया थियो, ‘‘त्यस्तो कानुनी व्यवस्था कहीं पनि छैन । उहाँले के भन्नुभयो मैले सुनेकी पनि छैन । मैले जानेको कुरा भनेको म माघ ६ गतेको बैठक आफैं चलाउँछु । ’’ baahrakhari

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार