जापान टोकियो ,शुक्रबार माघ ३ गते ।
एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ ।
घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा थापालाई सम्मान पत्र, उपहार र खादा ओडाएर सम्मान गरिएको शाखाले जनाएको छ । एक महिने जापान भ्रमणको सिलसिलामा राजधानी टोकियोमा रहेका अध्यक्ष थापालाई सामाजिक संस्था मार्फत समृद्व समाज निर्माण अभियान अन्तर्गत समाज परिवर्तनमा खेलेको भुमिकाको प्रशंसा गर्दै सम्मान गरिएको हो ।
त्यस्तै सो अवसरमा संस्थाका केन्द्रिय उपाध्यक्ष तथा पुर्व खेलाडी जीवन साहानीलाई सम्मान गरिएको छ । केन्द्रिय समितिमा रहेर सामाजिक गतिविधी र खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै उपाध्यक्ष साहानीलाई सम्मान गरिएको हो । साहानी एक महिने भ्रमणको क्रममा अहिले जापानमा रहेका छन । कार्यक्रममा बोल्दै घुम्टे युवा परिवारका केन्द्रिय अध्यक्ष थम्मन थापा सन्देशले प्रदेशी भुमिमा संस्थाले प्रदान गरेको अपार माया र सम्मानले सामाजिक उत्तरदायित्व बहन गर्न थप प्रेरणा प्रदान गरेको बताए ।
उनले विदेशबाट हुने आर्थिक भौतिक नैतिक सहयोगलाई नेपालमा सहि सदुपयोग गर्न केन्द्रिय समिति र शाखा बिच सहकार्य र समन्वय भईरहने बताए । अध्यक्ष थापाले संस्थाले गरेका गतिविधी, सामाजिक विषयवस्तु र आगामी दिनमा संस्थाले गर्न लागेका भावी कार्ययोजनाहरुको बारेमा जानकारी समेत गराएका थिए । त्यस्तै उपाध्यक्ष जीवन साहानीले अब केन्द्र र शाखा बिच समन्वय गरेर अक्षयकोष स्थापना गरि सामाजिक कार्यमा अगाडी बढनु पर्ने बताए । उनले समय, अनुशाषन र मेहनत के हो भन्ने कुरा जापानबाट सिकेर समृद्व समाज निर्माणमा सबै युवाहरु एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा शाखा अध्यक्ष दिल बहादुर थापा रामुले शाखाले गरेका गतिविधी र आगामी दिनको कार्ययोजनाको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै शाखा अध्यक्ष थापाले केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई जापानमा स्वागत गर्न पाउँदा आफुहरु हर्षित भएको बताए । वि।सं २०७५ भदौमा जापानमा संस्थाले शाखा स्थापना गरेको थियो । शाखा स्थापना भएपछि गाउँमा हुने विभिन्न सामाजिक कार्यहरुमा आर्थिक नैतिक भौतिक सहयोग प्राप्त हुँदै गईरहेको छ । स्थापनाको छोटो समयमा शाखाले थुप्रै उदाहरणिय कामहरु सम्पन्न गरेको छ । अतिथि रेष्टुरेण्ट मोतोयावाता टोकियोमा आयोजित उक्त कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु, शुभेच्छुकहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।