नेपाली कांग्रेस म्याग्दीद्धारा सूचना विधेयकको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बेनी,आइतबार माघ ५ गते ।
नेपाली कांग्रेस म्याग्दीले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गदैं प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाइएको छ । आइतबार पार्टी कार्यालयबाट नेता कार्यकर्ताको उपस्थितीमा प्रशासन अगाडी विरोध सभा गरी प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई पार्टी सभापति खम्बीर गर्बुजाले विरोधपत्र बुझाउँदै शाही सरकारको शैली त्याग्न सरकारलाई सचेत गराउनुभयो ।

उहाँले दुई तिहाईको भरमा सरकारले धेरै बदमास काम गरेको समेत आरोप लगाउनुभयो । प्रेस स्वतन्त्रता माथि अंकुश लगाउनु गलत भएको बताउनुहुँदै सभापति गर्बुजाले सरकारको गलत क्रियाकलापको बारेमा शसक्त रुपमा आवाज उठाउन आह्वान गर्नुभयो ।

ज्ञापनपत्र बुझाउने क्रममा संविधान सभाका सदस्य रेशमबहादुर बानियाँ, पूर्व सभापति डा. भुपेन्द्र बहादुर खड्काले सरकारले अधिकार सुरक्षितको नाममा लोकतन्त्र समाप्त पार्ने, स्वतन्त्रमा बन्देज हुने किसिमका गतिविधिलाई नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिनुभएको थियो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार