लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल ,म्याग्दीको संयोजकमा बुढाथोकी

बेनी,बुधबार माघ १५ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०निकट भातृ संगठन लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल ,म्याग्दीको संयोजकमा भुवन बुढाथोकी मगर चयन हुनुभएको छ ।
बुधबार बेनीमा भएको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकबाट संयोजक, सहसंयोजक सहित ३७ सदस्यीय जिल्ला कमिटि चयन भएको हो । तत्कालीन मगर मुक्ती मोर्चाबाट संयोजक र १७ सदस्य तथा लोकतान्त्रिक मगर संघबाट सहसंयोजक र १८ जना सदस्य चयन भएका हुन् ।

मोर्चाको संयोजकमा बुढाथोकी र सहसंयोजकमा टकसरा राना चयन हुनुभएको जिल्ला इञ्चार्ज राजकुमार थापाले जानकारी दिनुभयो । यसैगरी बेनी नगरपालिका, धवलागिरी र रघुगंगा गाउपालिकामा तत्कालीन लोकतान्त्रिक मगर संघ तथा अन्नपूर्ण, मंगला र मालिका गाउपालिकामा मगर मुक्ति मोर्चाबाट संयोजक चयन गर्ने निर्णय भएको छ ।

मोर्चाका गण्डकी प्रदेश इञ्चार्ज लालबहादुर थापाले जिल्ला कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा इञ्चार्ज थापा, नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

पिछडिएका जाति र समुदायका लागि संबिधानमा भएका व्यवस्थाको उपभोग गर्न राज्यले नीति बनाउन र सम्बद्ध समुदायले उपभोगका लागि चासो र अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।मगर समुदाय संगै राज्यबाट पछाडी पारिएका समुदायको हकहित अधिकार निम्ति सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टी एकतालाई बलियो बनाउदै सरकारले गरेका सकारात्मक कार्यको प्रचारप्रसारसंगै संगठन विस्तार र सुदृढीकरणमा जुट्न आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन जिल्ला सहइञ्चार्ज चन्द्रप्रसाद बुढाथोकीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार