पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङ हुने

म्याग्दी ,मंगलबार माघ २८ गते । सबविक धौलागिरी अञ्चलमै पहिलो पटक म्याग्दीमा लाइभ पेन्टिङ हुने भएको छ । पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि ग्लोरी फाईन आर्ट ९ललीतकला० गु्रप म्याग्दीले पहिलो पटक पर्यटकीय स्थल टोड्केमा लाइभ पेन्टिङको आयोजना गरेको हो । नेपाल भ्रमण बर्ष सन २०२० को अवसरमा आगामी फागुन १७ गते सो कार्यक्रम आयोजना गरिएको हो ।

पेन्टिङ मार्फत म्याग्दीलाई चिनाउने अभियान अन्र्तगत सो कार्यक्रम आयोजना गरिएको समुहका अगुवा सुरेन्द्र रानाले जानकारी दिनुभयो । उहाँका अनुसार, टोड्केमा हुने लाइभ पेन्टिङमा म्याग्दीमा रहेका चित्रकारहरुको बृहत सहभागीता रहेनेछ ।

टोड्केबाट देखिने दृष्यलाई प्रत्येक्ष हेरेर पेन्टिङ गरिने समुहका अर्का सदस्य अमृत श्रीपालीले जानकारी दिनुभयो ।तस्बिरमा हेरेर पेन्टिङ गर्दै चित्र कोर्दै आएको सन्दर्भमा प्रत्येक्ष आफैले हेरेर चित्र कोर्ने कार्यक्रमले चित्रकारहरुको लागि नयाँ अनुभव समेत हुने उहाँको भनाई छ । यस समुहमा म्याग्दीमा रहेका १५ जना चित्रकारहरु आबद्ध छन् । समुहले टोड्केसंगै पर्यटकीय स्थल रुईसे, पुनहिल लगायतका स्थानमा समेत पुगेर लाईभ पेन्टिङ गर्ने योजना बनाएको जनाएको छ । लाईभ पेन्टिङमा कोरीने चित्रलाई प्रदर्शनी समेत गरिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार