राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा माविलाई

बेनी, शनिबार फागुन ०३ गते । रघुगंगा गाउँपालिकाले पिप्लेमा आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगितामा रघुगंगा मावि बिजयी भएको छ ।

९ स्वर्ण, २ रजत र २ कास्य पदक सहित रघुगंगा माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्डको उपाधि जितेको हो । ८ स्वर्ण, ६ रतज र ४ कास्य पदक जितेको मुक्तिधाम मावि दोस्रो तथा ३ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको ज्ञानोदय मावि तेस्रो भएका छन् ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा रघुगंगा गाउँपालिकामा रहेका १० वटा विद्यालयले सहभागिता जनाएका थिए । भलिबल र एथलेटिक्स बिधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।

बिजेता रघुगंगा माविले नगद पचास हजार रुपैयाँ पुरस्कार सहित रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेसो र तेस्रो हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद चालीस र तीस हजार रुपैयाँ प्रदान गरिएको गाउपालिकाको शिक्षा शाखाका प्रमुख प्रेम थापाले बताउनुभयो ।

छात्र भलिबलतर्फ मुक्तिधाम मावि प्रथम, ज्ञानोदय मावि दृतीय र रघुगंगा मावि तृतीय भएका छन् । छात्रातर्फ कालिका मावि प्रथम, जनता मावि दृतीय र रितुङ मावि तृतीय हुदै नगद १० हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । मार्च पासमा नर्थ स्टार बोडिङ स्कुल उत्कृष्ट बनेर नगद दुई हजार सहित पुरस्कृत भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा, कार्यपालिकाका प्रवक्ता तथा पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्ल, भगवतिका वडा अध्यक्ष रिम कटुवाल, रघुगंगा मावि व्यवस्थापन समितिका अध्यक्ष खिम शाही लगायतले उपाधि र पदक बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताको फागुन १ गते गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको थियो । महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईएको थियो ।

प्रतियोगिताको हरेक इभेन्टमा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद रु ५ सय, ४ सय र ३ सयको दरले पुरस्कृत समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार