बलत्कार प्रयासको आरोप लागेका पूर्वसभामुख महराले पाए सफाइ

काठमाडौं ,सोमबार फागुन ०५ गते । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनीविरुद्धको मुद्दाको फैसला आज आएको छ । आइतबार नै फैसला आउने तयारी गरिएको भए पनि न्यायाधीश अम्बरराज पौडेलले फैसला टाइपिङमा ढिलाइ भएको कारण सोमबार मात्रै फैसला आउने बताएका थिए । पूर्वसभामुख महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर छ ।

यसअघि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।

गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश थियो ।पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आदेश दिएको थियो ।थुनामा रहेका महराको तर्फबाट जिल्ला अदालतको आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार