सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : सञ्‍चारमन्त्री बाँस्कोटाले राजीनामा दिए

काठमाडौँ ,विहिबार फागुन ०८ गते । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका हुन् । सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीले अडियो सार्वजनीक गरेका थिए। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेका थिए ।

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्।अडियो सार्वजनीक भएसँगै बाँस्कोटा चौतर्फि बिरोध हुनाको साथै राजीनामाको माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार