नेपाल मगर विद्यार्थी संघको विस्तारित भेला स्थगित

बेनी,शुक्रबार फागुन २३ गते । आगामी हप्ता बेनीमा आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण हुने सम्भावना र स्वास्थ्यलाई मध्यनजर गर्दै सरकार तथा स्थानीय प्रशासनको अनुरोध अनुसार फागुन २७ र २८ गते हुन लागेको भेला स्थगित भएको जनाएको छ ।

अध्यक्ष बिष्णुकमार थापा र महासचिव प्रेम रोकाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मेला स्थगित भएको जानकारी गराउनुभएको छ । स्थानीय प्रशासनले ससाना पारिवारिक भेटघाट बाहेक ठूला सभा, समारोह, सम्मेलन, मेला र महोत्सव सञ्चालन नगर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार