काठमाडौं,शुक्रबार फागुन ३० गते । सरकारले नेपाल भ्रमणका लागि आउने पर्यटकका लागि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल आउने विदेशीलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिए ।
कोरोना भाइरसको रोकथाम र संक्रमण रोक्नका लागि सरकारले विदेशी नागरिकलाई निश्चित मापदण्ड पुरा गरेर मात्र नेपाल भित्रिन दिने व्यवस्था गरेको हो ।
नेपाल आउनका लागि बम्बन्धित देशमा रहेको नेपाली कुटनीतिक नियोगको स्विकृति लिएर आउनु पर्ने र त्यसरी नेपाल आइपुगेका विदेशीले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने पर्यटनमन्त्री भट्टराईको भनाइ छ ।
विदेशमा रहेका नेपाली कुटनीतिक नियोगमा स्विकृति लिनका लागि ७ दिन अगाडिसम्मको स्वास्थ्य रिपोर्ट बुझाउनु पर्नेछ । कोरोना भाइरस नभएको पुष्टि भएमा मात्र नेपाली कुटनीतिक नियोगले नेपालका लागि स्विकृति दिनेछन् ।
सरकारले अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो निर्णय लिएको जानकारी दिदै भट्टराईले भने, ुहामीले अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो निर्णय गरेका हौँ । यसले नेपाली पर्यटन उद्योगलाई नराम्रो असर गर्छ । तर आम नागरिकको स्वास्थ्यलाई हामीले ध्यान दिनुपर्छ । नागरिकखबर