म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने

बेनी ,शनिबार चैत ०८ गते ।
म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाई आगामी सन् २०२३ सम्म दादुरा रुबेला रोग निवारणको उद्धेश्य पुरा गर्न नेपाल सरकारले म्याग्दी सहित देशभर दादुरा रुबेला खोप अभियान संचालन गर्न लागेको स्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

शनिबार बेनीमा पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रममा तयारी अन्तिम चरणमा पुगेको प्रमुख लम्सालले बताउनुभयो । अभियानलाई प्रभावकारी र सफल बनाउन जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी ,स्वास्थ्यकर्र्मीलाई तालिम,सबै स्थानीय तहका वडाहरुमा अभिमुखिकरण र अभियानमा सहभागी स्वयंमसेवकलाई तालिम दिइएको उहाँले बताउनुभयो ।१० गतेदेखी १८ गतेसम्म धवलागिरी ,मालिका र मंगला गाउँपालिकामा तथा २१ गतेदेखी २९ गतेसम्म बेनी नगरपालिका,रघुगंगा र अन्नपुर्णगाउँपालिकामा संचालन हुनेछ । तीन सय ६५ खोप केन्द्र रहेको म्याग्दीमा सात सय ४० जना स्वयंसेवक र २ सय जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार