![](https://myagdinews.com/wp-content/uploads/2020/03/princess-deat.jpg)
मड्रिड ,आइतबार चैत १६ गते । स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
![](https://myagdinews.com/wp-content/uploads/2020/03/princess-deat.jpg)
राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्।
यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८१२ पुगेको छ। स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७२ हजार २४८ संक्रमित भइसकेका छन्।अन्न्पुर्ण पोष्ट्