सुर्यकिरण युवा क्लबद्धारा घतान,काफलबोटमा सावुन र मास्क वितरण

नारायण राई
घतान ,मंगलबार चैत १८ गते ।
म्याग्दीको बेनी नगरपालिका–९ घतान ,काफलबोट स्थित सुर्यकिरण युवा क्लबले गाउँमा मास्क र साबुन वितरण गरेको छ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभड –१९) को प्रकोपको जोखिम गाउँमा फैलिन नदिन र रोकथाम तथा नियन्त्रन गर्नका लागि क्लबले गाउँका करिब तीन सय जना बढी व्यक्तीलाई मंगलबार साबुन र मास्क वितरण गरेको हो ।

कोरोना भाइरसको जोखिम गाउँमा फैलिन नदिन क्लबको अगुवाइमा एक व्यक्ती एक मास्क र साबुन वितरण गर्नुका साथै गाउँका विपन्न दलित बस्तीमा कोरोना विरुद्ध जनचेतना मुलक कार्यक्रम संचालन गरिएको क्लबका अध्यक्ष लोकबिर दर्जीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब २० हजार रुपैयाँ बढी लागतमा साबुन र मास्क खरिद गरि घरदैलोमा पुगेर गाउँका स्थानीय करिब तीन सय जना बढीलाई वितरण गरिएको हो ।

जनचेतना मुलक कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सुर्यप्रकाश बानियाँले टिमुरबाट बनाइएको स्यानिटाइजर निशुल्क वितरण गर्नुभएको थियो । जनचेतना मुलक कार्यक्रममा स्थानीय समाजसेवी शेरबहादुर राई र खिमबहादुर कार्की लगायतको सहभागिता रहेको थियो । अभियान मार्फत सबैलाई सावधानी र सतर्कता अपनाउन र लकडाउनको पुर्णरुपमा पालना गर्न अनुरोध गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार