कोरोनाबाट नेदरल्याण्डमा म्याग्दीकी भट्टचनको निधन

नेदरल्याण्ड,आइतबार बैशाख ०७ गते । नेदरल्याण्डमा बसोवास गर्दै आएकी एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणको कारण ज्यान गएको छ । ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।

म्याग्दीको मालिका गाउँपालिका– ६ रातढुंगा घर भई श्रीमान र २ बच्चासहित १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत एक महिनादेखि होम क्वारेन्टाइनमा रहदै आएकी थिइन् ।

तर, पछि संक्रमणले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत रहदा नै उनको निधन भएको थकाली समाज बेल्जियमका सचिव रमेश शेरचनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार