नेपाली कांग्रेस र तरुणदलद्धारा गाउँपालिका ,प्राथमिक स्वास्थ्य केन्द्र,इप्रका र रेडक्रसलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग

बेनी ,विहिबार बैशाख ११ गते ।
नेपाली कांग्रेस ,म्याग्दी क्षेत्र नं २ कार्यसमिति ,मालिका गाउँपालिका कार्यसमिति र भातृ संस्था तरुणदल मालिका गाउँपालिकाले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ,मालिका गाउँपालिका कार्यसमिति र नेपाल तरुणदल मालिका गाउँपालिका कार्यसमितिले संयुक्त रुपमा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर ,उपाध्यक्ष खरमाया विटालु र वडा नं ६ का अध्यक्ष सन्तोष सुविदीको उपस्थितीमा गाउँपालिकाले स्थापना गरेको खाद्य बैंकलाई खाद्यन्न सामाग्री र दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र ,इलाका प्रहरी कार्यालय दरबाङ्ग तथा नेपाल रेडक्रस सोसाईटी दरबाङ्ग उपशाखालाई मास्क र स्यानिटाइजर वितरण गरेको हो ।

गाउँपालिकाको खाद्य बैंकलाई १५ बोरा चामल ,दुई प्याक खाने तेल र इलाका प्रहरी कार्यालय ,प्राथमिक स्वास्थ्य केन्द्रलाई ३५० पिस मास्क र स्यानिटाइजर गरेर करिब ३० हजार रुपैयाँ बराबरको सहयोग गरिएको नेपाली कांग्रेस म्याग्दी क्षेत्र नं २ का सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावित गरिब तथा विपन्न परिवारलाई दैनिक उपभोग्य खाद्यन्न राहत सामाग्री उपलब्ध गराइएको हो भने कोरोना विरुद्धको लडाईमा अग्रमोर्चामा रहेका प्रहरी ,स्वास्थ्यकर्मी एवम् रेडक्रसकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष रोका मगरले सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । खाद्य बैंकमा उपलब्ध भएको राहत सामाग्री आवश्यकताका आधारमा गाउँपालिकाका सबै सात वटै वडा भित्रका गरिब तथा विपन्न परिवार पहिचान गरेर वितरण गरिने जानकारी दिनुभयो । उहाँले लकडाउनबाट प्रभावित परिवारलाई गाउँपालिकाले राहत वितरण गरिरहेको जानकारी गराउनुहँदै विपदको समयमा सबै राजनितिक दल तथा संघसंस्थाहरुको सहयोग र सहकार्यको आवश्यक हुने बताउनुभयो । लकडाउनका कारण गरिब ,विपन्न तथा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने परिवार बढी मर्कामा परेको बताउनुभयो । अध्यक्ष रोका मगरले कोरोना भाइरस महामारीबाट बच्न सावधानी र सतर्कता अपनाउनुका साथै लकडाउनको पुर्ण रुपमा पालना गर्न समेत अनुरोध गर्नुभयो ।

क्षेत्रिय कार्यसमिती सचिव पुन ,नेपाली कांग्रेस मालिका गाउँकार्यसमितिका अध्यक्ष खिमबहादुर पुन ,कोषाध्यक्ष विरेन्द्र किसान ,नेपाल तरुणदल मालिका गाउँपालिकाका अध्यक्ष राजु जुग्जाली र सचिव नरेश पुनले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष रोका मगरलाई खाद्यन्न तथा ,गाउँपालिका स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की ,इलाका प्रहरी कार्यालय दरबाङ्गका प्रहरी निरिक्षक राजेन्द्र अधिकारी र रेडक्रस प्रतिनिधि एवम् क्षेत्रिय कार्यसमितिका उपाध्यक्ष मेखबहादुर पुनलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार