आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द

काठमाडौं,शनिबार बैशाख १३ गते । कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । ।

शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरेपनि लक डाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए ।

लक डाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उनले बताए । लक डाउनको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सचिव विडारीले बताए ।

प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समिक्षा भएको छ । लक डाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा समिक्षा भएको सचिव विडारीले बताए । सचिव विडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताए । स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पु¥याउन सकिने अवस्थामा सरकार रहेको उनको भनाई छ । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार