क्वारेन्टाइनमा बसेकाहरुमा औलोको संक्रमण

काठमाडौं,शनिबार बैशाख १३ गते । क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो ।यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् ।

त्यसैले क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।औलो लामखुट्टाको टोकाइबाट हुन्छ । विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जान्छ । र, गर्मीयाममा यसको प्रकोप देखिने गरेको छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार