वैशाख ३१ गतेसम्म सीमानाका बन्द

काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।
मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १० दिन थप्नुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गते मध्यरातसम्म बन्द राख्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले आइतबारको क्याबिनेट बैठकले लकडाउन २५ गते मध्यरातसम्म लम्ब्याउनुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गतेसम्म बन्द राख्ने निर्णय गरेको जानकारी दिए।

सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो। नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर फर्किईसकेका छन्।

यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ। सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो। देशसञ्चार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार