पात्लेखेत र झिँमा स्वास्थ्य सहायता कक्ष स्थापना

बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले पात्लेखेत र झिँ प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । गाउँपालिकाले विहिबार विश्व्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम , नियन्त्रण तथा यसको जोखिम गाउँपालिकामा भित्रन नदिन सजकता अपनाउँदै बेनी नगरपालिका –१० पात्लेखेत र वडा नं.५ झिँको सिमानामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको वडा नं.६ का अध्यक्ष मनकुमार शेरपुजा मगरले जानकारी दिनुभयो ।

कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्यले गाउँपालिकाको वडा नं १० पात्लेखेत र वडा नं ५ झिँ प्रवेशद्वार चुच्चे ढुङ्गामा स्थापना गरिएको सहायता कक्षको गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले शुभारम्भ गर्नुभयो । गाउँपालिकाका अध्यक्ष भण्डारीले सहायता कक्षलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभएको छ ।स्वास्थ्य सहायता कक्षले कोरानाको जोखिम गाउँपालिकामा भित्रन नदिन रोग चेक तथा उपचारमा सहज हुने बताउनुभयो ।

कार्यक्रममा वडा नं.५ का अध्यक्ष मन बहादुर सेरपुजा, वडा नं.६ का अध्यक्ष सेरपुजा मगर , वडा नं. ८ का अध्यक्ष गमान छन्त्याल, कार्यपालिका सदस्य रिति थजाली नेपाली काङ्ग्रेस जिल्ला सदस्य केबि भण्डारी ,स्वास्थ्य संयोजक टिका शाही ,झिँ,स्वास्थ्य चौकी इन्चार्ज नगेन्द्र जैसवाल, पाखापानी प्रहरी चौकी र स्थानीय युवा क्लब प्रतिनिधिहरुको संयुक्त उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहायता कक्षमा आवश्यक सामाग्री हस्तान्तरण गरिएको थियो । सहायता कक्ष स्थापना लगत्तै पैदल यात्रीहरुलाई इन्फारेट थर्मो्मिटरको सहायताले चेकजाँच गरिने जनाइएको छ ,भने बेनी नगरपालिका हुदै गाउँ प्रवेशमा कडाई गरिने भएको छ । सहायता कक्षमा शुक्रबारदेखि २ स्वास्थ्यकर्मी र २ सुरक्षाकर्मी लगायत जनप्रतिनिधिहरु पनि उपस्थिति हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार