नेकपाका प्रचार विभाग प्रमुख शर्मा ‘विरही’ पक्राउ

चितवन,मंगलबार बैशाख २३ गते । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचार विभाग प्रमुख अनिल शर्मा विरही पक्राउ परेका छन् ।

उनलाई गृहजिल्ला चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले बताए ।उनी ‘रमेश रिमाल’को नामबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल आएका बेला पक्राउ परेका हुन् । उनी चितवन मेडिकल कलेजमा स्वास्थ्य चेकजाँचका लागि आएका थिए ।

विरही विप्लव नेतृत्वको नेकपाका प्रचार विभागका प्रमुख हुन् । उनलाई काठमाडौं ल्याउने वा चितवनमै मुद्दा चलाउने भन्ने विषयमा निर्णय भइनसकेको प्रहरी स्रोतले जनाएको छ । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार