नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौं,शनिबार जेठ ०३ गते । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धनुषा निवासी २० र ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पुष्टि भएको हो । दुईजना संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या २८१ पुगेको छ । दवैजनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार