पात्लेखेतमा गाँजा फडानी

समिर रोका मगर
बेनी,बुधबार जेठ २१ गते ।
म्याग्दीको बेनी नगरपालिका –१० पात्लेखेत स्थित विभिन्न ठाउँमा आफै उम्रिएका गाँजा नस्ट गरिएको छ । पात्लेखेत स्थित विभिन्न ठाउँमा फैलिएको गाजा नस्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय ,वडा अध्यक्ष लोक बहादुर पुन तथा स्थानीयको सहभागीमा गाजा नस्ट गरिएको पात्लेखेत मुनलाइट युथ क्लबका अध्यक्ष सन्जिब मल्लले बताउनुभयो।

बेनि नगरकार्यपालिका सदस्य योगेन्द्रमान गौचनका अनुसार करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको गाजा नस्ट गरिएको हो ।जिल्ला प्रहरी कार्यालय म्याग्दीले केही दिन यता लागुऔषध नियन्त्रण र कारबाहीलाई प्राथमिकता दिएको छ ।

पात्लेखेतमा गाजा फडानी (भिडियो : सन्जिब मल्ल )

पात्लेखेतमा गाजा फडानी (भिडियो : सन्जिब मल्ल)

Posted by MyagdiNews.com on Tuesday, June 2, 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार