थप ३१४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ३७६२ पुग्यो

काठमाडौं,सोमबार जेठ २६ गते । सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये दुई सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले बताउनुभयो । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार