म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ पुग्यो

बेनी ,मंगलबार जेठ २७ गते । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनि नगरपालिका – ३ का ४६ वर्षिय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति मार्फत जनाएको छ ।

हालै मात्र भारतबाट आएका उनी बेनी स्थित क्वारेन्टाइनमा थिए । क्षेत्रीय प्रयोगशाला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारि दिनुभयो । यसैगरी मंगबार विहान म्याग्दी सहित गण्डकी प्रदेशका विभिन्न ४ जिल्लामा गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।

उहाँका अनुसार ती संक्रमितलाई बेनीको खुल्ला मञ्च स्थित आइसोलेसन कक्षमा लैजाने तयारी रहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार