एकैदिन थपिए २७९ जना कोरोना संक्रमित

काठमाडौँ,बुधबार जेठ २८ गते  । नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार २ सय ७९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।योसंगै निको हुनेको संख्या ६ सय ७४ पुगेको छ ।

नेपालमा हालसम्म १५ जनाको कोरोनाका कारण मृत्यु भएको  मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार